दफा
परिषद् संगठित संस्था हुने :

(१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(२) परिषद्को काम कारवाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति खरीद गर्न, प्राप्त गर्न, उपभोग गर्न, बेचविखन गर्न वा आवश्यकतानुसार अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) परिषद्ले व्यक्ति सरह नालिस उजूर गर्न र परिषद्उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।